• २०८१ बैशाख १७ सोमबार

कृषि विकास बैंक द्वारा अनलाइन रियल टाइम मुद्दती खाता सञ्चालनमा 

kharibot

काठमाडौँ l कृषि विकास बैंकले नागरिकहरुलाई आफ्नो अत्याधुनिक सेवा सुविधा प्रदान गर्ने क्रममा अनलाइन रियल टाइम मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले आज आयोजित मुख्य कार्यालयस्थित सभाहलमा एक समारोहका बीच उक्त खाता खोली उद्घाटन गरेका हुन् ।

उद्घाटनका क्रममा प्रमुख कार्यकारी अधिकृत उपाध्यायले कृषि विकास बैंकले नागरिकलाई यस्तै अत्याधुनिक डिजिटल बैंकिङ सेवा सुविधा प्रदान गरी समयको बचतका साथै बैंकसम्म धाउने झन्झटबाट मुक्त गरेको र आगामी दिनमा कृषि विकास बैंकले नागरिकको सुविधाको लागि खटेर काम गर्ने विचार व्यक्त गर्दै यस नयाँ र शुभ कामको लागि काम गर्ने विभागका सबै कर्मचारीलाई धन्यवाद दिँदै आगामी दिनमा यस्तै नयाँ नयाँ डिजिटल सोचका साथ अघि बढ्न प्रोत्साहन गरेका थिए । 

कार्यक्रममा बैंकका उपमहाप्रबन्धकहरु प्रताप सुबेदी, दीर्घबहादुर अर्याल, प्रेमकुमार श्रेष्ठ तथा निर्मलकुमार उपाध्यायको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै