• २०८१ बैशाख २० बिहीबार

बोरिस जोनसनले दिए पार्टी नेताबाट राजीनामा

kharibot

काठमाडौँ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिएका छन् । जोनसनले आफ्ना ४५ भन्दा बढी मन्त्रीहरुले राजीनामा दिएपछि दबाबमा आएका जोन्सनले पार्टीको नेताबाट राजीनामा दिएका हुन् ।

आगामी दिनमा कन्जरभेटिभ पार्टीमा नेता पदका लागि प्रतिस्पर्धा हुने र आगामी अक्टोबरमा पार्टीको महाधिवेशनमा नयाँ प्रधानमन्त्रीको घोषणा हुनेछ ।

जोनसन २३ जुलाई २०१९ मा बेलायतको प्रधानमन्त्री बनेका थिए । त्यस अघि उनी २०१६ देखि २०१८ सम्म बेलायतको विदेशमन्त्री बनेका थिए ।

राजीनामा दिदै जोनसनले नयाँ प्रधानमन्त्रीको चयन प्रक्रिया शुरु भएको र यसको तालिका अर्को साता प्रकाशित हुने बताए ।  उनले अर्को प्रधानमन्त्री चयन नहुन्जेल जोनसनले प्रधानमन्त्रीको रूपमा निरन्तरता पाउने भएका छन् ।

करिब चार दर्जन मन्त्रीहरुले राजीनामा दिएपछि पनि जोनसनले आफ्नो पदमा निरन्तरता दिने दाबी गरेका थिए ।

बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको राजीनामासँगै मन्त्रीहरूको राजीनामा सुरु भएको थियो । यी दुवै नेताले प्रधानमन्त्री बोरिस जोन्सनको नेतृत्वमा अब विश्वास नगरेको भन्दै राजीनामा दिएका थिए ।

ऋषि सुनकले सरकारले गम्भीरतापूर्वक काम गरोस् भन्ने जनताको अपेक्षा रहेको बताए । अर्कोतर्फ, साजिद जाविदले आफ्नो राजीनामामा सरकारले देशको हितमा काम नगरेको दाबी गरेका थिए ।

यौन दुर्व्यबहारको आरोप लागेका सांसद क्रिस पिन्चरलाई उपप्रमुख सचेतकमा नियुक्त गरेपछि यो सम्पूर्ण मुद्दा सुरु भएको थियो । जोनसनले यस वर्षको सुरुमा पिन्चरलाई उपप्रमुख सचेतकको रूपमा नियुक्त गरेर ठूलो गल्ती गरेको स्वीकार गरेका थिए ।

जुन ३० मा बेलायती पत्रिका ‘द सन’ ले एउटा रिपोर्ट प्रकाशित गरेको थियो, जसमा सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद क्रिस पिन्चरले लण्डनको एक निजी क्लबमा दुई पुरुषलाई आपत्तिजनक ढंगले छोएको दाबी गरेको थियो ।

‘द सन’को रिपोर्ट आएपछि पिन्चरले राजीनामा दिनुपरेको थियो । तर केही दिनमै बेलायती सञ्चारमाध्यममा यस्ता थप रिपोर्टहरू आएका छन् । हालका वर्षहरूमा पिन्चरको यौन दुर्व्यवहारको कम्तीमा छवटा थप घटनाहरू रिपोर्ट गरिएका छन् ।

पिन्चरलाई पार्टीबाट निलम्बन गरिएको थियो । उनले माफी मागेर अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताए । यस सेक्स स्क्यान्डलमा बोरिस जोनसन प्रत्यक्ष संलग्न नभए पनि यो काण्डले उनलाई समस्यामा पारेको छ ।

१ जुलाईमा बेलायत सरकारले पत्रकारहरूलाई आफ्नो नियुक्ति अघि पिन्चर विरुद्धको कुनै पनि आरोपबारे प्रधानमन्त्रीलाई जानकारी नभएको बताएको थियो। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै