• २०८१ बैशाख १५ शनिबार

मधेस प्रदेश सरकारको बजेटमाथि असार २० देखि छलफल हुने

kharibot

जनकपुर । मधेस प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि असार २० गतेदेखि छलफल हुने भएको छ ।

मधेस प्रदेशसभाको बैठक असार २० गते सोमबार दिउँसो १ बजेका लागि आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

गत असार १ गते प्रदेशसभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गराएका थिए । त्यसपछि प्रदेशसभा सचिवालयले अर्काे सूचना जारी नहुञ्जेलसम्मका लागि प्रदेशसभाको बैठक स्थगन गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै