• २०८१ बैशाख १५ शनिबार

कस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान ?

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको छ भने सूदुरपश्चिम भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

महाशाखाले हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको जनाएको छ । त्यस्तै अहिले लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७९ असार ११ गते (शनिबार)

दिउँसो: देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ को एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राती : देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशभरका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी भू-भागका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेश  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

२०७९ असार १२ गते (आईतबार)

दिउँसो: देशभर सामान्य देखि पुर्ण बदली रहनेछ ।  देशभरका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राती : देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशभरका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १,  लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

२०७९ असार १३ गते (सोमबार)

दिउँसो:  देशभर सामान्य देखि पुर्ण बदली रहनेछ ।  देशभरका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राती : देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशभरका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

त्यसैगरी महाशाखाले आगामी २४ घण्टाका लागिप्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुका साथै बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाउदै प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै