• २०८१ बैशाख २६ बुधबार

सुनसरीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

kharibot

सुनसरी । सुनसरीको दुहवी नगरपालिका–३ विद्युत कार्यालय नजिकै आज बिहान टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भारत घर भइ दुहवी नगरपालिका–२ स्थित घरमा काम गर्न बसेकी अन्दाजी ४० बर्षीया चन्द्रकला देवी विश्वकर्मा रहेकी छिन् । 

प्रदेश नम्बर२–०३–००१ ख २१०१ नम्बरको टिपरको ठक्करबाट विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो । 

आज बिहान ९ बजे भएको सवारी दुर्घटनामा संलग्न टिपर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै