• २०८१ बैशाख १७ सोमबार

प्रभु बैंक र मणिग्राम विश्राम वाटिका बिच आकर्षक छुट सम्बन्धी सम्झौता

kharibot

काठमाडौँ l प्रभु बैंक र मणिग्राम विश्राम वाटिका बिच छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

बैंकका तर्फबाट मणिग्राम शाखा कार्यालयका प्रमुख सन्तोष खत्री र मणिग्राम विश्राम वाटिकाका तर्फबाट निर्देशक गिरीश मणि आचार्य दीक्षितद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्  । सम्झौता अनुसार अब प्रभु बैंकका ग्राहकलाई मणिग्राम विश्राम वाटिका द्धारा सञ्चालित होटलमा फुडमा १० प्रतिशत र लजिङ्ग सुविधामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।    

उक्त सम्झौता अन्तर्गत प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, मणिग्राम विश्राम वाटिकाका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । 

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै