काठमाडौँ । म्यानचेस्टर सिटीले बोरुसिया डर्टमण्डबाट इर्लिङ हालान्डलाई औपचारिक रुपमा भित्र्याएको छ । २१ वर्षीया नर्वेजियन स्ट्राइकर हालान्डलाई अनुबन्ध गरेको म्यानचेस्टर सिटीले मंगलबार औपचारिक रुपमा भित्र्याएको छ ।
हालान्डले २०२७ सम्मका लागि म्यानचेस्टर सिटीसँग सम्झौता गरेका छन् ।
हालान्डलाई भित्र्याउने दौडमा रहेका रियल म्याड्रिड र बायर्न म्युनिखलाई पछि पार्दै म्यानचेस्टर सिटीले उनलाई भित्र्याउन बाजी मरेको हो ।
यस अघि गत बैशाखमा नै हालान्ड र म्यानचेस्टर सिटीबीच सहमति भएको थियो ।
योसँगै हालान्डले आफ्ना पिता खेलेको पुर्व क्लब सिटीको निलो जर्सी लगाउने निश्चित भएको छ ।
म्यानचेस्टर सिटीले बोरुसिया डर्टमुन्डलाई हालान्डका लागि ७५ मिलियन यूरो तिरेको छ ।
हालान्डले आफ्नो जन्मस्थान नर्वेको ब्रायन र मोल्डेमा आफ्नो क्यारियर सुरु गरेका थिए र त्यसपछि रेड बुल साल्जबर्गमा एक वर्ष बिताएका थिए ।
उनले जनवरी २०२० मा डर्टमन्डमा सामेल भएका थिए र डोर्टमण्डका लागि ८८ खेलमा ८५ गोल गरेका छन् ।