• २०८१ बैशाख २४ सोमबार

फिल्म ‘हिरोज’ को ट्रेलर सार्वजनीक, स्टेजमै रोइन् पूर्णीमा

kharibot

काठमाडौ । हिरोज् फिल्मको ट्रेलर सार्वजनीक गरिएको छ ।

पूर्णीमा लामाको निर्माण अनि एनबि महर्जनको निर्देशनमा बनेको हिरोज्को आइतबार राजधानीमा प्रेसमिट गरि ट्रेलरसहित फिल्ममा समाबेश चार वटा गीत प्रदर्शन गरिएको हो ।

चैत्र २३ गतेदेखि प्रदर्शनमा आउने फिल्मको प्रेसमिटमा अभिनेत्री तथा निर्मात्री पूर्णीमाले आफू चाहेर निर्माता नबनेको खुलासा गरिन् । ‘मैले हिरोज् बनाउदा धेरै दुःख पाएँ । पैसाले मात्रै फिल्म बन्दो रहेन्छ,’ उनले रुँदै भनिन्,‘मिहीनेतअनुसार फिल्म निकै राम्रो बनेको छ । फिल्ममा बेरोजगारीको पीडा, मानव बेचबिखन, समाजीक भेदभाव र न्यायको लागि संघर्षको कथा प्रस्तुत गरेका छौ । त्यसैले दर्शकले मन पराउनेमा बिश्वस्त छु ।’

कार्यक्रममा अभिनेत्री करिश्मा मान्नधरले आफूलाई हिरोज्को स्क्रिप्ट निकै मन परेको बतान् । ‘हिरोज्मा मनोरञ्जन मात्र नभइ समाजोपयोगी सन्देश पनि छ । त्यसैले मैले निकै मन लगाएर काम गरेकी छु,’ हिरोज्को आफू पनि एउटा हिरो भएको बताउदै उनले भनिन्,‘फिल्म राम्रो बनेको छ । आम दर्शकलाई यो फिल्मले छुने बिश्वास मलाई छ ।’

फिल्मका एक अभिनेता तथा कथाकार संजोग राणाले कार्यक्रममा निर्देशक एनवी महर्जन उपस्थित नभएकोमा चित्त दुखाए । ‘उहाँले आफूले बोलेको कुरा पुरा गर्न सक्नु भएन । त्यसैले हामीले बारम्बार खबर गर्दा पनि आउनु भएन । उहाँलाई धन्यावाद ।’ उनले भने । त्यसैगरी, फिल्मका अर्का निर्माता शेखर लामाले आफूहरुले निकै मिहीनेत र ध्यान लगाएर फिल्म निर्माण गरेको भन्दै सुखद अपेक्षा राखेको बताए । उनले पनि कार्यक्रममा निर्देशक महर्जनको अनुपस्थितिमाथि कटाक्ष गरे । भने, ‘उहाँ आइदिएको भए दुखसुखका कुरा गर्नु हुन्थ्यो । आउनु भएन । ठिकै छ । हामी आफ्नो तवरले अघि बढेका छौ ।’

हिरोज्मा करिश्मा मान्नधर, जयकिसन बस्नेत, पूर्णीमा लामा, संजोग राणाका साथमा कमली वाइवा,मुकेश ढकाल, दिलकृष्ण श्रेष्ठ,सहिन प्रजापति,दिनेश डिसीलगायतले अभिनय गरेका छन् । शंकर महर्जनको द्धन्द्ध निर्देशन रहेको फिल्म शिब ढकाल र रामशरण उप्रेतीले खिचेका हुन् ।

जय लक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा छिन् । फिल्मको निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा छन् । फिल्ममा कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ । फिल्म सुनील मानन्धर, रोहीत कट्टेल र रत्न श्रेष्ठले बितरण गर्दैछन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै