• २०८१ बैशाख २४ सोमबार

अन्तर्राष्ट्रिय हिरोज तेक्वान्दोमा खड्का उत्कृष्ट निर्णायक

kharibot

प्रतिनिधी तस्वीर

काठमाडौँ । नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का अन्तर्राष्ट्रिय हिरोज तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट निर्णायक घोषित भएका छन् ।

थाइल्याण्डको हिरोज तेक्वान्दो सङ्घले आयोजना गरेको प्रतियोगिता अगष्ट ८ र ९ तारिखमा भएको थियो । प्रतियोगितामा करिब २५ राष्ट्रका ३५० खेलाडीको सहभागिता रहेको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्षसमेत रहनुभएका खड्काले जानकारी दिए ।

प्रतियोगितामा नेपालसहित इण्डोनेसिया, ट्युनिसिया, भारत, मलेसिया, चीन र कोरिया गरी सात राष्ट्रका निर्णायकको सहभागिता थियो । लकडाउनको अवधिमा भएका विभिन्न प्रतियोगितामा खड्का तीन पटक उत्कृष्ट निर्णायक चुनिएका हुन् ।

समग्रमा खड्का सात पटक उत्कृष्ट निर्णायक बनेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै