• २०८१ बैशाख २५ मंगलबार

हरिजनको मृत्यु भएको घटना मानवाधिकार आयोगले अनुसन्धान गर्दै

kharibot

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले बाँके–२ नेपालगञ्जका सुन्दर हरिजनको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटना गम्भीर प्रकृतिको भएकाले संवेदनशीलरूपमा लिई घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराइएको छ ।

आयोगले आगामी दिनमा यस प्रकारका घटना नदोहोरिने वातावरणको सुनिश्चितता गर्न तथा व्यक्तिको जीवनको अधिकार संरक्षण गर्ने गराउने कार्यमा संवेदनशील हुन आयोग सरकार र सम्बद्ध निकायको ध्यानाकर्षण गराएको छ । बाँके–२ नेपालगञ्जका सुन्दर हरिजन रोल्पा जिल्ला कारागारमा सट्टा कैदीबन्दीको रूपमा जेल सजाय भोगीरहेको अवस्थामा यही जेठ ४ गते मृत्यु भएको थियो । उक्त घटनाको आयोगको नेपालगञ्ज कार्यालयको अनुगमन टोलीले यही जेठ १९ गतेदेखि घटना सम्बन्धमा स्थलगत अनुसन्धान शुरू गरेको छ ।

उक्त घटनालाई आयोगले गम्भीररूपमा लिई यही जेठ ५ गतेदेखि नै सम्बन्धित सरोकारवालासँग जानकारी लिनुका साथै नेपाल सरकारलगायत सम्बद्ध नियकाबाट भइरहेका कार्यको नजिकबाट अनुगमन गरिरहेको थियो । मोवाइल चोरीको आरोपमा नावालक अवस्थामा कारागार चलान गरिएका सुन्दर हरिजनले हातहतियार मुद्दामा जेल सजाय तोकिएका सुर्खेतका विजयविक्रम शाहको नाममा रोल्पा कारागारमा रेहेको अवस्थामा आत्महत्या गरेको जानकारी आयोगलाई प्राप्त भएको आयोगले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै