काठमाडौं । बुद्ध एयरको विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन अवतरण गराइएको छ । बुधबार विहान भद्रपुरका लागि उडेको विमानको टायरमा समस्या देखिएपछि काठमाडौं फिर्ता ल्याएर आपतकालीन अवतरण गराइएको हो ।
बुद्ध एयरको ९५३ उडान नम्बरको उक्त विमान टेकअप गर्दा टायरबाट रबरका टुक्रा झरेपछि पुनः त्रिभुवन विमानस्थलमै अवतरण गराइएको विमानस्थल कार्यालयले जनाएको छ ।
जहाज सुरक्षित अवतरण गराइएको र अहिले प्राविधिक जाँच भइरहेको छ ।