काठमाडौँ । बाराको जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका राजन पौडेल विजयी भएका छन् ।
गठबन्धनबाट उम्मेदवार बनेका पौडेलले १८ हजार ७४३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी सरस्वती चौधरीले १७ हजार ७७१ मत ल्याएकी छन् ।
त्यसैगरी उपमेयरमा भने नेकपा एमालेका भोलाप्रसाद अधिकारी विजयी भएका छन् । अधिकारीले १७ हजार ४१२ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दी गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली काँग्रेसकी मेघा शाहीले १५ हजार ८४२ मत ल्याएकी छन् ।
२३ वडा रहेको यस उपमहानगरमा नेकपा एमालेले १३ वडामा जित हासिल गरेको छ भने काँग्रेसले ५, माओवादी केन्द्रले ४, एकीकृत समाजवादी र लोसपाले एक एक वडामा जित हासिल गरेका छन् ।