• २०८१ जेठ ६ आइतबार

सङ्खुवासभाको मकालु गाउँपालिकामा गठबन्धन विजयी

kharibot

किमाथाङ्का ।  सङ्खुवासभाको मकालु गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

मकालु गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका वाङदी शेर्पा तीन हजार १७ मत ल्याएर विजयी भएका हुन् । उनका निकतम प्रतिद्वन्दी नेकपा (एमाले)का भरत कटुवालले दुई हजार ४७८ मत प्राप्त गरेका छन् । कटुवाललाई  ५६९ मतले पछि पार्दै शेर्पा विजयी भएका हुन् । 

उपाध्यक्षमा गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र)का मनकला राईले दुई हजार ७३९ मत ल्याएर विजयी भएकी छन् । राईले ७०६ मत अन्तरले पछि पार्दे विजयी भएकी हुन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेकी चमेली याम्फुले दुई हजार ३३ मत प्राप्त गर्नुभएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय