• २०८१ बैशाख २५ मंगलबार

दुबई प्रहरीद्वारा श्रीदेवीको शव परिवारलाई हस्तान्तरण, आजै मुम्बई ल्याइदै 

kharibot

मुम्बई । गत शनिबार राति निधन भएकी बलिवुड अभिनेत्री श्रीदेवीको शव परिवारलाई हस्तान्तरण गरिएको छ । 

दुबई प्रहरी र दुबईको सार्वजनिक अपराध हेर्ने निकायले श्रीदेवीको निधन प्रकरणको छानविन पुरा भएको भन्दै उनको शव परिवारलाई दिइएको जानकारी दिएको छ । 

दुबई मिडिया अफिसले सामाजिक संजाल ट्वीटरबाट सो जानकारी दिदै श्रीदेवीको निधन प्रकरणको सम्पूर्ण छानविन प्रक्रिया पुरा भएको उल्लेख गरेको छ । 

साथै श्रीदेवीको निधन दुर्घटनाबस बाथरुममा लडेर भएको भन्दै श्रीदेवीका श्रीमान बोनी कपुरमाथि कुनै दोषी नबनाईएको बताइएको छ । 

दुबई प्रहरीले गरेको फरेन्सिक जाँच अनुसार श्रीदेवी बाथरुममा सन्तुलन गुमाएर लडेपछि निधन भएको रिपोर्ट आएको थियो । 

प्रहरीले सार्वजनिक गरेको रिपोर्टमा श्रीदेवीको निधन दुर्घटनाबस भएको बताएको छ । बाथरुममा लडेपछि श्रीदेवी बाथटपमा डुबेको प्रहरीको रिपोर्टमा उल्लेख छ । 

यस अघि श्रीदेवीको निधन हृदयघातबाट भएको बताइएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै