काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कानुन विपरित सुनसरी र मोरङ जिल्लामा वित्तीय कारोबार संचालन गरेका तीन कम्पनिमा छापा मारेको छ । ति कम्पनीहरुले ८ करोडको कारोबार गरेको प्रहरीले जनाएको छ ।
लक्ष्मी इलेक्ट्रोनिक सप्लायर्स इटहरी, न्यु आभास फेन्सी स्टोर विराटनगर र पूर्णगिरि बचत इन्भेष्टमेन्ट इटहरीमा छापा मारेको प्रहरीले जनाएको छ ।
प्रहरीले न्यु आभास फेंसिका संचालक सिताराम लुइँटेललाइ पक्राउ गरेको छ भने लक्ष्मी इलेक्ट्रोनिक्स सप्लायर्सका संचालक बाबुराम न्यौपाने र पूर्णगिरि बचतका संचालक नरबहादुर विष्ट हाल फरार रहेको प्रहरीले जनाएको छ ।
पूर्णगीरी बचत इन्भेष्टमेन्टले सर्वसाधारणबाट एक करोड २० लाख बचत उठाएको, न्यु आभास फेन्सीले २ करोड ८६ लाख बचत उठाएको र लक्ष्मी इलेक्ट्रोनिक्स सप्लायर्सले ४ करोड २५ लाख अवैध रुपमा आम जनताबात उठाएको प्रहर को दाबी छ ।
प्रहरीले यी कम्पनिहरुबाट पासबुक, भौचर, रजिष्टर, भर्पाइ लगायत अन्य कागजपत्र बरामद गरेको जनाएको छ ।
यस अघि पनि सिआइबीले विभिन्न ५ कम्पनीका ८ संचालकलाई वित्तीय कारोबारको अनुमति नलिई सर्वसाधारणको रकम बचत उठाएको आरोपमा पक्राउ गरि कारवाही अगाडी बढाएको छ ।