• २०८१ बैशाख २० बिहीबार

पोखरामा सर्वाधिक राशिको भेट्रान्स फुटवल प्रतियोगिता हुने

kharibot

पोखरा । गण्डकी प्रदेशको प्रदेश युवा तथा खेलकुद मन्त्रालयले पोखरामा भेट्रान्स फुटवल प्रतियोगिता गर्ने भएको छ ।

२ वैशाखदेखि सर्वाधिक राशिको नाईन ए साईड राष्ट्रिय भेट्रान्स फुटवल आयोजना गर्न लागेको हो । प्रतियोगिताको सबै तयारी पूरा भैसकेको सरकारले जनाएको छ ।

नयाँ पिँढीलाई खेलकुदमा सहभागिता गराउन उत्प्रेरित गर्ने र ज्येष्ठ खेलाडीहरुलाई खेलकुदमा सक्रिय गराइराख्न प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा ४० देखि ६० वर्ष उमेर समूहका खेलाडीहरूले सहभागिता जनाउन सक्नेछन् । प्रत्येक टिममा ५० वर्षमाथिका दुई खेलाडीलाई अनिवार्य समावेश गर्नुपर्ने प्रावधान छ ।

प्रतियोगितामा १९ टिमको सहभागिता हुने अनुमान छ । तिमध्ये पोखराबाट ६ र काठमाडौंबाट ८, वालिङ, हेटौंडा र सिमराबाट टिमको सहभागिता रहने प्रतियोगिता संयोजक दिलबहादुर गुरुङले बताए ।

प्रतियोगितामा विजेता टोलीले नगद तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

दोस्रो पुरस्कार एक लाख ५० हजार र सेमिफाइनल पुग्ने टोलीले ३०/३० हजार नगद पाउने मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले जानकारी दिए ।

सर्वोकृष्ट खेलाडीले २० हजार, उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र सर्वाधिक गोलकर्ताले १५/१५ हजार पाउनेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै