• २०८१ बैशाख २० बिहीबार

फुटबल हिंसामा परी इन्डोनेसियामा १ सय २७ बढीको मृत्यु

kharibot

काठमाडौं  । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १ सय २७ भन्दा बढीको मृत्यु भएको छ । 

समाचार एजेन्सी रोयटर्सले इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै बताए अनुसार खेलका क्रममा भएको हिंसामा करिब १ सय २७ जनाको मृत्यु भएको हो ।  '

इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुखको भनाई उद्धृत गर्दै रोयटर्सले आइतबार एक फुटबल खेलको क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिंदा १ सय २७ जनाको मृत्यु भएको र १८० जना घाइते भएको जनाएको छ ।

हार्ने पक्षका समर्थकहरूले मैदानमा प्रवेश गरेर खेलाडी तथा बिजयी पक्षधर समर्थकहरुलाई आक्रमण गरेका थिए भने अचानक देखा परे  ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै