काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।
अधिकारीलाई निलम्बन गर्दै सरकारले डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनालाई कार्यबाहक गभर्नर बनाएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
अधिकारीलाई तत्कालिन केपी शर्मा ओलीको सरकारले २०७६ चैत्र २४ गते गभर्नरमा नियुक्त गरेको थियो । त्यसअघि उनी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए ।