• २०८१ बैशाख २६ बुधबार

तिलोत्तमा प्रिमियर लिग- नेपथ्य ज्ञानोदयले उचाल्यो उपाधि

kharibot

भैरहवा  । रुपन्देहीमा भएको सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग टिपीएलको उपाधि नेपथ्य ज्ञानोदय गोल्डले जितेको छ ।

तिलोत्तमा क्रिकेट विकास समितिको आयोजना नवजीवन क्रिकेट मैदानमा भएको चौथो संस्करणको फाइनल खेलमा जेभी वरियर्सलाई तीन विकेटले पराजित गर्दै नेपथ्य ज्ञानोदय गोल्डले दोस्रो पटक उपाधि जितेको हो । 

टस जितेर सुरुवाती ब्याटिङ गरेको जेभी वरियर्सले १८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८ रन जोडेको थियो । जसका लागि सर्वाधिक लोकेश बमले ३२, अहमद हुसेनले १२ रन बनाए । 

बलिङतर्फ नेपथ्यका सुनिल धमलाले ४, अमित तामाङले ३ विकेट लिए । जवाफी ब्याटिङमा १०९ रनको लक्ष्य पाएको नेपथ्यले १९ ओभरमा ७ विकेटको नोक्सानीमा लक्ष्य पार गरी जित निकाल्यो । 

जसका लागि सुनिल धमलाले ४८, विशाल केसीले ४३ रन बनाए । बलिङतर्फ किशोर महतो र रोहित पौडेलले समान २–२ विकेट लिए । फाइनल खेलमा सुनिल धमला म्यानअफ द म्याचबाट पुरस्कृत भए ।

च्याम्पियन नेपथ्यले ४ लाख नगद, उप विजेता जेभी वरियर्सले २ लाख  नगद सहित र ट्रफी प्राप्त गरेका छन् ।

उनीहरूलाई नेपाल क्रिकेट संघका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल र सर्वोत्तम सिमेन्टका रिजनल म्यानेजर रमेश ढकालले पुरस्कृत गरे । 

यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी म्यान अफ द सिरीज र वेस्ट व्याट्स मेनबाट जेभी बरियर्सका बसिर अहमदलाई नगद क्रमशः २० हजार र १० हजार सहित ट्रफीबाट पुरस्कृत गरे । 

त्यस्तै वेस्ट बलर रोयल शंकरनगरका धिरज शाहीलाई १० हजार नगद र ट्रफीबाट, त्यस्तै उदयमान खेलाडीबाट एकोन च्यालेन्जर्स भैरहवाका सन्तोष यादवलाई नगद ५ हजार र ट्रफीले पुरस्कृत गरिएको तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष दीपक भुर्तेलले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजन सर्वोत्तम सिमेन्टले गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै