• २०८३ बैशाख १८ शुक्रबार

त्रिकोणीय टी-२० सिरिजको प्लेयर अफ द सिरिज बने दिपेन्द्र

त्रिकोणीय टी-२० सिरिजको प्लेयर अफ द सिरिज बने दिपेन्द्र

काठमाडौँ । दिपेन्द्रसिंह ऐरी त्रिकोणीय टी-२० सिरिजको प्लेयर अफ द सिरिज बनेका छन् । सिरिजका ५ खेलमा एक शतक र २ अर्धशतकसहित २५५ रन बनाएका दिपेन्द्र प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका हुन् ।

त्यस्तै दिपेन्द्रले फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ५४ रन र ४ विकेट लिएका थिए । उनले प्रतियोगितामा कुल ७ विकेट लिए । फाइनल खेलको उत्कृष्ट अलराउन्ड प्रदर्शनका लागि दिपेन्द्र प्लेयर अफ द म्याच समेत बनेका छन् ।

त्यस्तै दिपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन बनाउने पहिलो नेपाली खेलाडी पनि बनेका छन् । फाइनल खेलमा दिपेन्द्रले ५४ रन बनाउदै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०३३ रन बनाएका छन् ।

उनी नेपालबाट टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्बाधिक रन बनाउने खेलाडी हुन् । दिपेन्द्रपछि पुर्व कप्तान पारस खड्काले ७९९ रन बनाएका छन् भने पुर्व कप्तान ज्ञानेन्द्र मल्लले ७४८ रन बनाएका छन् । त्यस्तै कुशल भुर्तेलले ५७३ रन बनाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै