• २०८१ बैशाख १७ सोमबार

प्रकाश सपुतको पीरमा ‘यौनकर्मी’ को दृश्य सम्पादन

kharibot

काठमाडौं । गायक प्रकाश सपुतले आफ्नो पिर गीतको भिडियोबाट यौनकर्मीको दृश्य हटाएका छन् । अघिल्लो हप्ता सार्वजनिक उनको गीत निकै रुचाइएको थियो ।

गीतमा माओवादी जनयुद्धमा सहभागी महिलाले यौन व्यवसाय गरेको आशय देखिने एउटा दृश्य समावेश थियो । उक्त दृश्यप्रति केही माओवादी केन्द्रका नेता कार्यकर्ताले आलोचना गरेका थिए । 

गीत आलोचित भएपछि शनिबार गायक सपुतले उक्त गीतको अर्को भिडियो अपलोड गरेका छन् । जसमा पुरानो भिडियोमा रहेको यौन व्यवसाय झल्किने दृश्य हटाइएको छ ।

उनले भनेका छन्- 'केहि दृष्यमाथीको आलोचना,  व्यापक चर्चा सहित व्यवसायिक सफल भएको गित र भिडियो त हटाएको छु  तर गित र भिडियोमा गरिएको नेपाली समाजको  चित्रण हटाएको छैन ! आम नेपालीको अवस्थाको प्रतिबिम्ब हटाएको छैन  र हटाएको छैन सोधिएका गम्भिर प्रश्नहरु…'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै