• २०८१ बैशाख १७ सोमबार

गायक प्रकाश सपुतमाथि बोतल प्रहार !

kharibot

काठमाडौं । गायक प्रकाश सपुतमाथि बोतल प्रहार भएको छ। 

रोमनियाको एक कार्यक्रममा उनीमाथि बोतल प्रहार भएको हो । उनीमाथि प्रहार भएको सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा सपुतले गीत गाइरहेका बेला एक युवाले बोतल प्रहार गरेको स्पष्ट देखिन्छ ।

उक्त बोतल सपुतको अनुहारजको देब्रे भागको गालामा लागेपछि प्रकाशले गीत गाउन रोकेका थिए । 

घटनाको केही बेरपछि प्रकाश फेरि स्टेज चढेर गीत गाएका थिए । कार्यक्रममा सहभागी एक दर्शकका अनुसार मदिरा सेवन गरेर आएका एक युवकले बोतलले हिर्काएका हुन् । प्रकाशको अवस्था भने सामान्य रहेको छ ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै