• २०८१ बैशाख १७ सोमबार

बाबुराम भन्छन्- प्रकाश सपुतको गीतले अपूर्ण क्रान्तिको पिडा दर्शाएको छ

kharibot

काठमाडौँ । प्रकाश सपुतको नयाँ गीत विवादमा परेको छ ।

शुक्रबार युट्युबमा रिलिज गरिएको पिर शिर्षकको गीतमा माओवादी जनयुद्धपछि युद्ध लडेका लडाकुको जीवन र उनीहरुले भोगिरहेको पिडा देखाइएको छ । सपुतको सो गीतमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले आपत्ति जनाएका छन् । उनीहरुले सामाजिक संजालमा प्रकाश सपुतले सो गीत तुरुन्त हटाउन चेतावनी पनि दिइरहेका छन् ।

तर माओवादी कै पूर्व नेता तथा हाल जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले भने सपुतको सो गीतका लागि प्रकाश सपुतलाई नसराप्न र तितो सत्यलाई स्वीकार गर्न आग्रह गरेका छन् ।

डा. भट्टराईले गीतले जनयुद्धको विरोध नगरेको भन्दै अपूर्ण क्रान्तिको पिडा दर्शाएको बताएका छन् ।

उनले भनेका छन्-

'म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले  प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन । गीतले जनयुद्धको विरोध गरेको छैन । अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ । त्यसनिम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो । गीतका सर्जकलाई किन धम्काउने ?'

त्यस्तै उनले अर्को टिप्पणीमा भनेका छन्-   

‘तथ्यबाट सत्य खोज’ मार्क्सेली चिन्तन पद्धतिले भन्छ । अनुसन्धानको क्रममा मैले प्रत्यक्ष बुझेको छु- महिलाहरू आफ्नो सन्तान र लोग्नेको उपचार निम्ति देह बेच्न बाध्य छन् । हिजो जनमुक्तिका निम्ति बन्दुक बोक्नेहरू पेट पाल्न देह बेच्दैछन् ! तीतो सत्य स्वीकारौं, समाधान खोजौं । प्रकास सपुतलाई नसरापौं !

गीत अहिले युट्युबमा नम्बर १ ट्रेन्डिङमा समेत रहेको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै