• २०८१ बैशाख २५ मंगलबार

फोनपेको झट्ट ट्रान्सफर चट्ट कर योजनामा मोरङका कमलले जिते कार 

kharibot

काठमाडौं ।  फोनपे पेमेन्ट सर्विस लिमिटेडले दोस्रो पटक सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर चट्ट कार’ योजना अन्तर्गत बम्पर उपहारमा मोरङ्गका कमल चुडालले हुण्डाइको स्याण्ट्रो एस एक्जुकेटिभ गाडी जितेका छन् । उनले सनराइज बैंकबाट रकम ट्रान्सफर गर्दा बम्पर उपहार स्वरुप स्याण्ट्रो जिल्न सफल भएका हुन् । 

उनलाई फोनपेका एसिस्टेन्ट सिईओ दिवस सापकोटाले र अपच कुमार यादवले गाडीको साँचो हस्तान्तरण गरेका हुन् । फोनपेले अघिल्लो वर्षपनि यस्तै योजना सञ्चालन गरेको थियो । जसमा झापाका एज्जल अधिकारीले हुण्डाइको ग्राण्ड आइटेन गाडी जितेका थिए ।

यो वर्ष फोनपेले असोज ३१ देखि पुस १६ सम्म योजना सञ्चालन गरेको थियो । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ७६ दिनसम्म सञ्चालन भएको यस योजनामा ७५ जनाले आइफोन १३ जित्न सफल भएका छन् । यस योजनामा हरेक दिन एक जनाले आइफोन जित्ने मौका रहेको थियो । फोनपे मार्फत रु १० मा कुनैपनि व्यक्तिको मोबाईल नम्बर उल्लेख गरि रकम पठाउन सकिन्छ । 

फोनपे पेमेन्ट सर्विस लिमिटेड लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वितीय संस्थाका मोबाईल एप्समा गई सेण्ड मनि गरि फोनपे डाइरेक्ट मार्फत सहजै रकम पठाउन सकिन्छ ।  फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै