• २०८१ बैशाख १७ सोमबार

प्रदेश २ मा राजपा र फोरमबीच सहमति, यस्तो छ भागबन्डा

kharibot

काठमाडौँ । प्रदेश नम्बर २ मा सरकार बनाउन राजपा र संघीय फोरमबीच सहमति भएको छ ।

शनिबार भएको सहमति अनुसार प्रदेश नम्बर २ को मुख्यमन्त्री संघीय फोरमले लिने र सभामुख राजपाले लिने सहमति भएको छ ।

सहमति अनुसार फोरमले मुख्यमन्त्री, उपसभामुख सहित अन्य तीन मन्त्रालय लिने छ भने राजपाले सभामुखसहित अन्य तीन मन्त्रलाय लिने सहमति भएको छ ।

केहिदिन देखि पटक पटक छलफल भएर पनि सहमतिमा पुग्न नसकेका राजपा र फोरमको यो सहमति पछि अब प्रदेश २ मा सरकार बन्ने प्रक्रिया अगाडी बढ्ने भएको छ ।

प्रदेश २ मा प्रत्यक्षतर्फ ६४ र समानुपातिक तर्फ ४३ गरी कुल १०७ प्रदेश सांसद रहेका छन् । जसमा राजपा र संघीय फोरमको गठबन्धनले प्रत्यक्षतर्फ ३५ र समानुपातिकतर्फ १९ सिट जितेर बहुमतमा रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै