काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुई जनालाई हुचिलसहित पक्राउ गरेको छ ।
वातावरण तथा वन्यजन्तुसँग सम्बन्धित अपराधका लागि उनीहरुलाई पक्राउ गरिएको सीआईबीको भनाइ छ ।
पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी ३ की ६० वर्षीया सुनमाया विश्वकर्मा र बन्दीपुर गापा ६ का ६७ वर्षीय लिकबहादुर विक रहेका छन् । सुनमायाको घरबाट जीवितै हुचिल पनि बरामद भएको छ । उनीहरुलाई वन कार्यालय दमौलीमा प्रहरीले बुझाएको छ ।
उनीहरुविरुद्ध साइटिस महासन्धि १९७५ विरुद्धको अपराध अभियोगमा कानुनी कारबाही हुने प्रहरीको भनाइ छ ।