• २०८१ बैशाख १७ सोमबार

प्रधानसेनापति र बेलायती सेनाका सेनाध्यक्षबीच शिष्टाचार भेटवार्ता

kharibot

तस्बिर : नेपाली सेना

काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायती सेनाका सेनाध्यक्ष जनरल सर निकोलस प्याट्रिक कार्टरले जङ्गी अड्डामा बुधबार शिष्टाचार भेटवार्ता गरेका छन्  । भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।

यसअघि बुधबारनै जंगी अड्डा परिसरमा उनको सम्मानमा सैनिक टुकडीले सम्मान गारत अपर्ण गरेको थियोे । साथै, जंगी अड्डाभित्र उहाँलाई नेपाली सेना सम्बन्धि प्रस्तुतिकरण समेत दिइएको थियो । 

सेनाध्यक्ष जनरल सर कार्टरले पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजना हुने गोरखा एटेस्टटेसन परेड अफ गोरखा रिक्रुट इन्टेक २०१८ मा सहभागी हुन बुधबार विहान काठमाण्डौं आइपुगेका हुन् ।

जनरल सर कार्टर भ्रमण समाप्त गरी माघ २९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै