मेडिटेरानियन समुद्रमा आप्रवासी चढेको डुंगा डुब्दै गर्दा गत शनिबार लिइएको तस्बिर हो यो ।
उक्त घटनामा ८०० आप्रवासीको उद्धार गरिएको थियो भने २ मृतकको शव पनि निकालिएको थियो । इटालेली तटरक्षकका अनुसार आप्रवासीहरु पाँचवटा रबरबोट (डुंगा)मा आइरहेका थिए ।
सोही क्रममा अत्यधिक मानिसको चापका कारण केही डुंगा डुब्न पुगेको थियो ।