• २०८१ बैशाख १५ शनिबार

चेल्सीलाई हराउदै आर्सनल लिगकपको फाइनलमा

kharibot

काठमाडौँ । चेल्सीलाई पराजित गर्दै आर्सनल लिग कपको फाइनलमा प्रवेश गरेको छ ।

गएराती आर्सनलको घरेलु मैदानमा भएको दोस्रो लिगमा आर्सनलले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगित को फाइनलमा प्रवेश गरेको हो । पहिलो लिगमा चेल्सीको घरेलु मैदानमा विना कुनै गोल बराबरीमा रोकिएका दुवै टिम दोस्रो लिगमा आर्सनलले बाजी मारेको हो ।

आर्सनलको जितमा पहिलो गोल चेल्सीका डिफेन्डर एन्टोनियो रुडीगरले आत्मघाती गोलको रुपमा गरेका थिए भने निर्णायक गोल ग्रानिट जाखाले गरेका थिए । खेलको सातौ मिनेटमा चेल्सीका इडेन हजार्डले सुरुवाती गोल गरेपनि चेल्सीले आफ्नो अग्रतालाई बचाउन नसक्दा प्रतियोगियाबाट बाहिरिनु परेको हो ।

अब आर्सनल प्रतियोगिताको फाइनलमा म्यानचेस्टर सिटीसँग फेब्रुअरी २५ मा खेल्ने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय