• २०८१ बैशाख २७ बिहीबार

आर्सनललाई हराउदै म्यानचेस्टर सिटीले जित्यो लिगकपको उपाधि 

kharibot

काठमाडौँ । म्यानचेस्टर सिटीले आर्सनललाई हराउदै लिग कपको उपाधि जितेको छ ।

गएराती भएको फाइनल खेलमा सिटीले आर्सनललाइ ३-० गोल अन्तरले पराजित गरेको हो । यो सँगै सिटीले पाचौ पटक लिग कपको उपाधि जितेको छ । 

सिटीको जितमा सर्जियो अग्युरो, भिन्सेन्ट कम्पनी र डेभिड सिल्भाले गोल गरेका थिए । खेलको १८औ मीनेटमा गोल गर्दै अग्युरोले सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए भने कम्पनीले खेलको ५८औ मिनेटमा गोल गर्दै सिटीको अग्रतालाई दोब्बर पारेका थिए । खेलको ६५औ मीनेटमा डेभिड सिल्भाले गोल गर्दै सिटीलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल भएन र सिटीले खेल ३-० ले जित्यो ।

सिटीले लिगकपको उपाधि पाचौ पटक जितेको छ । लिग कपको उपाधि लिभरपुलले सबै भन्दा धेरै ८ पटक जितेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै