• २०८१ बैशाख २६ बुधबार

म्यानचेस्टर युनाइटेडको लिगकप यात्रा टुंगियो, ब्रिस्टोल सिटी सेमिफाइनलमा 

kharibot

काठमाडौँ । म्यानचेस्टर युनाइटेड लिग कप फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ ।

गएराती भएको खेलमा खेलमा म्यानचेस्टर युनाइटेड च्याम्पियनसिप क्लब ब्रिस्टोल सिटीसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको हो ।  म्यानचेस्टर युनाईटेडलाई स्तब्ध पार्दै ब्रिस्टोल सिटीले २–१ को जित हासिल गरेको हो । 

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ५१औं मिनेटमा जोय ब्रायले गोल गर्दै ब्रिटोललाई सुरुवाती अग्रता दिलाएका थिए । तर त्यसको सात मिनेटपछि जलाटन इब्राहिमोविचले म्यानचेस्टर युनाइटेडका लागि बराबरी गोल फर्काएका थिए ।

खेलको अन्तिम समयसम्म बराबरी रहेको खेलमा इन्जुरी समयको तेस्रो मिनेटमा कोरी स्मिथले गोल गर्दै ब्रिस्टोल सिटीलाई जित दिलाएक थिए । अब ब्रिस्टोलले सेमिफाइलनमा प्रिमियर लिगको शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै