काठमाडौँ । नेकपा एमाले नेता शंकर पोखरेल प्रदेश मुख्यमन्त्रीका लागि नेकपा एमाले संसदीय दलको नेता निर्विरोध चयन भएका छन् ।
प्रदेश नम्बर ५ मा आइतबार पद तथा गोपनियताको सपथ लिएपछि बसेको प्रदेशको एमाले संसदीय दलको प्रथम बैठकले पोखरेललाई संसदीय दलको नेता छानेको हो ।
नेता चयन पछि पोखरेलले प्रदेश नम्बर ५ को स्याथी मुकाम सहमतीमै टुंगिने बताएका छन् । अस्थायी केन्द्र बुटवल भए पनि स्थायी केन्द्र सहमतीमै दाङमा हुने उनले बताए ।
संसदीय दलको नेता पछि पोखेरेल प्रदेश नम्बर ५ को मुख्य मन्त्री हुने बाटो खुलेको छ । पोखरेल गत निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ मा माओवादी नेता कृष्णबहादुर महरालाई छोडेर प्रदेशको मुख्यमन्त्री बनाउने शर्तमा प्रदेश सभामा उम्मेदवार बनेका थिए ।
प्रदेश नम्बर ५ मा प्रत्यक्ष तर्फ ५२ र समानुपातिकमा ३५ स्थान रहेकोमा एमालेले प्रदेशको प्रत्यक्षतर्फ २८ र समनुपातिकमा १३ गरी कुल ४१ सिटमा जित हासिल गरेको छ । त्यति बाम गठबन्धनको अर्को दल माओवादी केन्द्रले यस प्रदेशमा प्रत्यक्षतर्फ १५ र समानुपातिकमा ६ सिट जित हासिल गरेको छ ।
कुल ८७ सिटमा बाम गठबन्धनले ६२ सिट सहित यस प्रदेशमा सरकार बनाउदै छन् ।