• २०८१ बैशाख १४ शुक्रबार

आयोगद्वारा प्रदेशसभाको समानुपातिक सांसद निर्वाचित भएको घोषणा

kharibot

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको प्रदेशसभा सदस्यका उम्मेदवारहरु निर्वाचित भएको घोषणा गरेको छ ।

आयोगले प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरुले बन्द सूचीमा उल्लेख गरेको उम्मेदवारहरुलाई बुधबार निर्वाचित भएको घोषणा गरेको हो ।

संविधानको धारा १ सय ७६ अनुसार प्रदेशसभा सदस्य निर्वाचनमा सातवटा प्रदेशमा गरी समानुपातिक निर्वाचन प्रणालीबाट जम्मा २२० जना उम्मेदवार निर्वाचित हुने व्यवस्था छ।

आयोग बैठकले दलहरुले प्राप्त गरेको मतलाई सेन्टलग विधिबाट सिटमा रुपान्तरण गरी सिट यकिन गरेको जनाएको छ । आयोगले निर्वाचित उम्मेदवारहरूको नामावली सम्बन्धित प्रदेश प्रमुखसमक्ष पठाउन राजपत्रमा प्रकाशित गर्ने जनाएको छ।

आयोगले प्रदेशसभाका समानुपातिकतर्फका निर्वाचित उम्मेदवारहरुलाई माघ ५ गते शुक्रबार १ बजे आयोगमै प्रमाणपत्र प्रदान गर्ने जनाएको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै