काठमाडौँ । नेपाल प्रहरीले जनपद समुहतर्फ प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवानमा भर्नाको सूचना प्रकासित गरेको छ ।
आज प्रकासित सूचनामा प्रहरी निरीक्षकतर्फ ९१ जना, प्रहरी सहायक निरीक्षकतर्फ ३१४ जना र प्रहरी जवानमा ७६७ जनाको लागि दरखास्त आव्हान गरेको छ ।
नेपाल प्रहरीको मानवस्रोत विकास विभागद्वारा प्रकाशित सो सूचना अनुसार आगामी भद्र ४ गते देखि असोज २ गतेसम्म दरखास्त दिन सकिने उल्लेख गरिएको छ ।