• २०८१ बैशाख १५ शनिबार

पत्रकार कैनीमाथि भएको आक्रमणप्रति पत्रकार महासंघको निन्दा

kharibot

काठमाडौँ । नेपाल पत्रकार महासंघका सभासद तथा कान्तिपुर दैनिकका गोरखा जिल्ला सम्वाददाता सुदिप कैनीमाथि भएको साङ्घातिक आक्रमणप्रति नेपाल पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ गोरखा शाखाका अनुसार, गोरखा र तनहुँ सिमानामा पर्ने मस्र्याङदी नदि किनारमा विना टेण्डर बालुवा उत्खनन गरिएको समाचार संकलन गर्ने क्रममा माघ १ गते त्यहाँ पुगेको बेला बालुवा उत्खनन गरिरहेको समुहले पत्रकार कैनीमाथि आक्रमण गरेका हुन ।  आक्रमणबाट उनको घाटिमा चोट लागेको छ साथै, उनिहरुले पत्रकार कैनिको साथमा रहेको क्यामरा र मोवाईल फुटाइदिएका महासंघले जनाएको छ । 

महासंघले समाचार संकलनका क्रममा रहेका पत्रकार माथी सांघातिक आक्रमण गर्नु र सञ्चार उपकरण फुटाउने घटना, पत्रकारले स्वतन्त्रतापूर्वक समाचार संकलन र सम्प्रेषण गर्न पाउने संबैधानिक र कानुनी अधिकार माथिको आक्रमण भएको बताएको छ । 

समाचार संकलनका क्रममा पत्रकारमाथि भएको यस किसिमको घटना प्रेस स्वतन्त्रतामाथिको गम्भिर आक्रमण  भएको महासंघको ठहर रहेको भन्दै महासंघले पत्रकार कैनीमाथि भएको आक्रमणको निन्दा गर्दै घटनाको सत्यतथ्य छानवीन गरि दोषिमाथि कारबाही गर्नुका साथै घाइते पत्रकारको उपचारको व्यवस्था मिलाउन र क्षति भएको उपकरणको क्षतिपूर्ति दिलाउन सम्बन्धित पक्षसंग माग गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय