• २०८१ बैशाख १७ सोमबार

खेलाडीलाई किक हान्ने रेफ्री निलम्बन 

kharibot

काठमाडौँ । फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको पिएसजी र नानटेसबीचको खेलमा खेलाडीलाई किक हान्ने रेफ्री टोनी चापरोनलाई निलम्बन गरिएको छ । 

रेफ्री चापरोनले खेलाडीलाई खुट्टाले हान्नु आफ्नो गल्ती भएको स्वीकार गरेपनि उनलाई फ्रेन्च फुटबल एसोसियसनले निलम्बन गर्दै छानबिन अगाडी बढाएको छ । टोनीलाई छानबिन पुरा नहुन्जेलका लागि निलम्बन गरिएको फ्रेन्च फुटबल एसोसियसनले जनाएको छ । टोनीले आफूले खराब तरिकाले प्रतिक्रिया दिएको स्वीकार गरेका छन् ।

रेफ्रीले नानटेसका डिफेन्डर डिएगो कार्लोसलाई खुट्टाले किक हानेर रातो कार्ड देखाएका थिए । खेलको इन्जुरी समयका नानटेसका डिफेन्डर डिएगो कार्लोस र रेफ्री टोनी चापरोन भुल्बश ठोक्किदा रेफ्री टोनी लडेका थिए । उनि मैदानबाट उठ्दै गर्दा डिफेन्डर कार्लोसलाई खुट्टाले किक हानेर खेलमा पहिले नै एउटा पहेँलो कार्ड पाएका कार्लोसलाई दोस्रो पहेँलो कार्ड देखाएका थिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै