• २०८१ बैशाख १७ सोमबार

यी कम्पनीका स्मार्टफोन संसारमा धेरै बिक्छन् 

kharibot

प्रविधि । संसारका धेरैजसो मानिसको हातमा मोबाइल फोन हुन्छ । मोबाइल प्रयोग नगर्ने विरलै भेटिन्छन् । केही समयपहिले मोबाइल चर्चित शब्द भए पनि योभन्दा धेरै स्मार्टफोन चर्चित भएको छ आजकल । 

विश्वमा स्मार्टफोनको मार्केट यतिखेर तातेको छ । स्मार्टफोन निर्माता कम्पनीहरु पनि धेरै रहेका छन् विश्वमा । तर सबैभन्दा बढी स्मार्टफोन बिक्री हुने कम्पनीहरुको सूचीमा भने पहिलो नम्बरमा सामसुंग रहेको छ । सामसुंग दक्षिण कोरियाली कम्पनी हो । यसको विश्वभर स्मार्टफोन बजारमा २३.३ प्रतिशत हिस्सा रहेको छ । यो कम्पनीले सन् २०१७ मा आफ्नो कारोबारमा १.४ प्रतिशत त वृद्धि नै गर्न सफल भएको छ । कम्पनीका विशेषगरी एस सिरिज र नोट सिरिज तथा ए सिरिज र जे सिरिज चर्चित मोडल हुन् । गत वर्ष झण्डै ७.९८ करोड स्मार्टफोन कम्पनीले बिक्री गर्न सफल भएको थियो । 

एप्पल धेरै स्मार्टफोन बेच्ने कम्पनीमा दोस्रो नम्बरमा आउँछ । स्मार्टफोनको विश्वबजारमा एप्पलको हिस्सा १२ प्रतिशत रहेको छ । पछिल्लो वर्ष कम्पनीले गत वर्ष झण्डै ४.१ करोड आईफोन बिक्री गरेको थियो । यसले ल्यापटप, म्याकबुक, घडी जस्ता उत्पादन पनि बिक्री गर्दै आएको छ । गत वर्षमात्रै एप्पलले आईफोन १० ल्याएको थियो, जुन मोबाइलको बजार माग धान्न कम्पनीलाई निकै गाह्रो परिरहेको छ । 

यस्तै धेरै स्मार्टफोन बेच्ने कम्पनीमा ह्वावे तेस्रो नम्बरमा आउँछ । यसले विश्व स्मार्टफोन बजारको ११.३ प्रतिशत हिस्सा लिएको छ । गत वर्ष तीन करोड बढी स्मार्टफोन बिक्री गरेको थियो । यसले पनि स्मार्टफोनबाहेक, कम्प्यूटर, ल्यापटप, ट्याबलेट, ब्रोडब्याण्ड डिभाइस जस्ता वस्तुहरुको उत्पादन समेत गर्छ । 

ह्वावेपछि धेरै स्मार्टफोन ओप्पोले बेच्छ । यसले गत वर्ष  झण्डै साढे २.७८ करोड स्मार्टफोन बेचेको थियो । यसको विश्व स्मार्टफोन बजारमा ८.१ प्रतिशत हिस्सेदारी रहेको छ । गत वर्षमात्रै यसले बजार हिस्सामा १.५ प्रतिशत बढोत्तरी गरेको थियो । आक्रामक बजार लिइरहेको यो फोन निर्माता कम्पनीले आक्रामक रुपमा विज्ञापन चलाएको थियो । 

यसपछि पाँचौँ ठूलो स्मार्टफोन बिक्रीकर्ता कम्पनी शाओमी हो । पछिल्लो वर्ष यसले दुई करोडभन्दा धेरै स्मार्टफोन बिक्री गर्न सफल भएको छ । विश्वबजारमा यसको ६.२ प्रतिशत हिस्सा रहेको छ । 

  • नवभारत टाइम्सबाट । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै