• २०८१ बैशाख ७ शुक्रबार

स्मार्टफोनको बिक्री घट्यो !

kharibot

काठमाडौँ । २०२२ मा विश्वभर स्मार्टफोनको बिक्रीमा कमी आएको छ । दुई ठूला मोबाइल बजार चीन र भारतको अवस्था उस्तै रह्यो ।

काउन्टर प्वाइन्ट मार्केट रिसर्चको रिपोर्ट अनुसार, भारतमा स्मार्टफोन बिक्री २०२१ को तुलनामा २०२२ मा ९ प्रतिशतले घटेको छ र १५ करोड २० लाख स्मार्टफोन बिक्री भएको छ । यो गिरावट मुख्यतया इन्ट्री लेभल र बजेट सेगमेन्ट फोनहरूमा थियो ।

इन्ट्री लेभल भन्दा माथिको स्मार्टफोनको रेकर्ड ३५ प्रतिशतले गिरावट आएको देखिएको छ । यस अवधिमा प्रिमियम खण्डको बिक्री भने बढ्दै गएको छ । कुल बिक्रीमा स्मार्टफोनको हिस्सा पहिलो पटक दोहोरो अंक अर्थात् ११ प्रतिशत पुगेको अध्ययनले देखाएको छ । त्यस्तै इन्ट्री लेभलभन्दा माथिको स्मार्टफोनको बजार राजस्व हिस्सा पनि बढेर ३५ प्रतिशत पुगेको छ, जुन आफैमा रेकर्ड हो ।

सबैभन्दा ठूलो मोबाइल बजार चीनमा लगातार पाँचौँ वर्ष स्मार्टफोनको बिक्री घटेको छ । गत वर्ष स्मार्टफोनको बिक्री १४ प्रतिशतले घटेर एक दशककै न्यूनमा झरेको थियो । त्यस्तै २०२२ मा पनि सबै प्रमुख ब्रान्डहरूको बिक्री घट्यो । बिक्रीमा ३ प्रतिशत गिरावट आए पनि एप्पलले ओप्पोलाई उछिन्दै चीनमा दोस्रो स्थान हासिल गरेको छ ।

स्मार्टफोन बिक्रीमा फाइभ जी फोनको हिस्सा २०२१ मा १९ प्रतिशतबाट २०२२ मा ३२ प्रतिशतमा वृद्धि हुने अपेक्षा गरिएको छ । सामसुङ २१ प्रतिशत शेयरका साथ शीर्ष स्थानमा छ । 

चीनमा २०२२ मा रियलमीको ३८ प्रतिशत बिक्री घटेको छ भने भिभो र ओप्पोको २१-२१ प्रतिशत बिक्री घटेको छ । त्यस्तै शाओमीको १९ प्रतिशत र एप्पलको १२ प्रतिशत बिक्री घटेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै