राजविराजमा । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुवामा अत्यधिक चिसोबाट थप एक महिलाको आज मृत्यु भएको छ ।
स्थानीयवासी ६५ वर्षीया शान्तिदेवी यादवको अत्यधिक चिसाको कारण घरमै सुतेको अवस्थामा कठ्यांग्रिएर मृत्यु भएको इलाका प्रहरीका कार्यालय भारदहले जनाएको छ ।
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यससँगै सप्तरीमा चिसाबाट मृत्यु हुने २४ पुगेका छन् । जिल्ला प्रशासन कार्यालयले भने हालसम्म मृत्यु हुने १२ जना मात्र पुष्टि गरेको छ ।