सर्वोच्चद्वारा प्रधानन्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकताको फाइल झिकाउन आदेश 

खरीबोट

काठमाडौँ । सर्वोच्च अदालतले डा. गोविन्द केसीको अवहेलना मुद्धामा फैसला गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीका शैक्षिक प्रमाणपत्र  र नागरिकताको फाइल पनि झिकाउन आदेश दिएको छ ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले केसीको स्वास्थ्यको ख्याल गरी उनलाई अधिवक्ता सुरेन्द्र भण्डारीको रोहबरमा रिहा गर्न आदेश दिएसँगै डा.केसीले उठाएको माग अनुसार प्रधानन्यायधिश पराजुलीको प्रमाणपत्र  र नागरिकताको फाइल पनि झिकाउन आदेश दिएको हो ।

अदालतको आदेशमा- गोपाल पराजुलीको नामको काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका दुबै नागरिकताको प्रतिलिपी  झिकाउनुका साथै न्यायपरिषदबाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाण पत्रका प्रतिलिपीसमेत झिकाउनू’ भनिएको छ । 
 

सम्बन्धित समाचार

सरकारसँग ५ बुँदे सहमति पछि डा.गोविन्द केसीले अनशन तोडे

काठमाडौँ । प्रा.डा.गोविन्द केसीले आज अनसन तोडेका छन् ।  त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा डा केसीले शनिबार बिहान १० बजे अनसन तोडेका हुन् । यो डा. केसीको १४औ पटकको अनसन हो ।  सुक्रबार

डा. गोविन्द केसी र सरकारबीच ५ बुँदे सहमति, आज अनसन तोड्दै  

काठमाडौँ । प्रा.डा.गोविन्द केसीले आज अनसन तोड्ने भएका छन् ।  १४औ पटक अनसनमा बसेका डा.केसी स्वास्थ्य मन्त्री दीपक बोहोरा नेतृत्वको टोलीसँग वार्ता गरी ५ बुँदे सहमति गरेपछि अनसन तोड्न सहमत भएका

जुलुश र अनशनले न्यायालयलाई प्रभावित नगर्न डा.गोविन्द केसीलाई डा. रामशरण महतको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले जुलुश निकालेर र अनशन बसेर न्यायालयलाई प्रभावित पार्ने काम नगर्न डाक्टर गोविन्द केसीलाई चेतावनी दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको

श्रीमानको बढ्यो संकट 

काठमाडौँ । गत पुष २३ गते सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका डिन डा. शशी शर्मालाई चिकित्साशास्त्र अध्ययन संस्थानमा पुनर्बहाली गर्न आदेश दिएसँगै अहिले प्रा.डा. गोविन्द केसी र सर्वोच्च अदालतका