• २०८१ बैशाख १७ सोमबार

सिन्धुपाल्चोकमा पनि जोखिमयुक्त वस्ती सार्ने प्रक्रिया शुरु

kharibot

काठमाडौँ । २०७२ सालको भूकम्पका कारण सवै भन्दा बढी मानवीय र भौतिक क्षति भएको सिन्धुपाल्चोकमा पनि जोखिमयुक्त वस्ती सार्न शुरु गरिएको छ ।

प्राधिकरणको पहलमा जिल्लामा पहिलो पटक १८ जना लाभग्राहीका लागि दुई लाख रुपैया अनुदान दिएर सुरक्षित स्थानमा घडेरी खरिद गरिएको कार्यकारी सदस्य धुव्रप्रसाद शर्माले बताए ।

प्राधिकरणको अगुवाई र जिल्ला प्रशासन कार्यालयको समन्वयमा जोखिमयुक्त वस्तीको रुपमा पहिचान भएको साविकको गाती गाविसका १८ घरधुरी परिवारलाई बाह्रबिसे नगरपालिका वडा नम्वर ३ मा स्थानान्तरण गर्ने प्रयोजनका लागि जग्गा व्यवस्थापन गरिएको हो ।

सरकारले दिएको प्रतिपरिवार दुई लाख अनुदानमा लाभग्राहीले रकम थप गरि कम्तीमा साढे दुई आनादेखी ८ आनासम्म घडेरी खरिद गरेका छन् ।

जोखिमयुक्त बस्ती पहिचान भएका लाभग्राहीलाई सुरक्षित स्थानमा जग्गा किन्न प्रति घरपरिवार दुई लाख रुपैया सरकारले अनुदान दिदै आएको छ । उनीहरुले निजी आवास पुनर्निर्माण थप ३ लाख रुपैया समेत पाउने व्यवस्था छ ।

जोखिमयुक्त लाभग्राहीका रुपमा पहिचान भएका उनीहरुलाई १० बर्षसम्म खरिद गरेको घडेरी बेचबिखन नगर्न नपाईने र तीन महिनाभित्र भूकम्प प्रतिरोधी मापदण्ड अनुसार घर पुनर्निर्माण गर्ने शर्तमा सरकारी अुनदान दिएर जग्गा हस्तान्तरण गरिएको प्राधिरणका सचिव मधुसुदन अधिकारीले बताए ।

जोखिमयुक्त बस्ती स्थानान्तरणको प्रक्रियालाई अघि बढाउन कार्यकारी समिति सदस्य शर्मा, प्राधिकरणका सचिव अधिकारीसहितको टोली केहीदिन देखी सिन्धुपाल्चोकमा खटिएको थियो ।

प्राधिकरणको पहलमा यसअघि नुवाकोट, धादिङ, रसुवामा पनि जोखिमयुक्त वस्तीका लाभग्राहीलाई सुरक्षित स्थानमा सार्न जग्गा व्यवस्थापन गरिएको छ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै