• २०८१ बैशाख १४ शुक्रबार

एसियन गेम्सका लागि राष्ट्रिय कबड्डी प्रतियोगिता बर्दियामा सुरु हुँदै

kharibot

बर्दिया, ठाकुरबाबा    । एसियन गेम्सका लागि राष्ट्रिय खेलकुद परिषद च्याम्पियनशीप कम कबड्डी प्रतियोगिता बर्दियामा सुरु हुने भएको छ । 

अखिल नेपाल कबड्डी संघको आयोजनामा यही पौष २४ गते देखि २७ गते सम्म राष्ट्रिय खेलकुद परिषद च्याम्पियनशीप कम कबड्डी प्रतियोगिता बर्दियामा पहिलो पटक सुरु हुने भएको छ । 

अखिल नेपाल कबड्डी संघले बर्दियाको ठाकुरबाबा नगरपालिका बडा नं १ स्थित भुरिगाउँको सिंहबाहिनी मैदानमा आयोजना गरेको पत्रकार भेटघाट मार्फत राष्ट्रिय कबड्डी प्रतियोगिता बर्दियामा सुरु हुने जानकारी दिइएको हो । पत्रकार भेटघाट मार्फत राष्ट्रिय कबड्डी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुलसी थापाले जानकारी दिए ।

बर्दियाको भुरिगाउँमा सोमबार देखि संचालन हुने २२ औं पुरुष तथा १७ औं महिला राष्ट्रिय कबड्डी प्रतियोगीतामा पुरुष र महिलाको ८÷८ वटा समूहका १ सय ९२ जना खेलाडी र १६ जना प्रशिक्षक सहभागी हुने प्रतियोगीताको खर्च २९ लाख अनुमान गरिएको छ । यस प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदबाट १६ लाख रकम प्राप्त गरिएको समेत अध्यक्ष थापाले भनिन ।

५ विकास क्षेत्रका ५ वटा टिम, र विभागिय टोली नेपाली प्रहरी, सशस्त्र प्रहरी र नेपाली शेनाको एक एक वटा टिम गरी महिला र पुरुषको ८÷८ वटा टिम सहभागी हुनेछन् । प्रतियोगिता भर जम्मा २७ वटा प्रतिर्शपर्धा हुने र उक्त खेलमा सहभागी खेलाडीबाट आगामी अगष्टमा इण्डोनेशियामा हुने एसियन खेलका लागि खेलाडी छनौट समेत गरिने अखिल नेपाल कबड्डी संघका महासचिव बिनोद प्रजापतिले बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै