• २०८१ बैशाख १७ सोमबार

छोरीको जन्मदिनमा वरिष्ठ पत्रकार दासले दलित बस्तीमा बाँडे न्यानो

kharibot

बारा । तीन वर्षिया छोरीको जन्मदिनको अवसर पारेर बिरगंजका समाजसेवी एवंम् वरिष्ठ पत्रकार महेश दासको परिवारले बाराका ५० भन्दा बढी विपन्न परिवारमा न्यानो कपडा वितरण गरेका छन् । 

विहिवार विहान दास परिवारका सद्स्यहरुको उपस्थिीतीमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ , कुसमाडी स्थित विरेन्द्रनगरका दलित बस्तीका अत्ति विपन्न पचास घरपरिवारलाई कम्बल , टोपी लगायतका न्यानो कपडा वितरण गरिएको हो ।

पत्रकार दासकी ३ बर्षिया छोरी श्रेया दास समेतको संलग्नतामा वितरण गरिएको न्यानो कपडा स्थानीय चिन्ता माझी , शंकर माझी , रामकिसुन माझी , जवाहीरलाल पासवान , बमं बहादुर दर्लामी , प्रिया लामा लगायत ५० भन्दा बढीले पाए । ठुलालाई कम्बल , बच्चालाई टोपी , परिवारका सबैलाई हुँने गरी मिठाई समेत पाउँदा सारै खुशिसँगसँगै राहत समेत भएको चिसो पिड्तिहरुले बताएका छन् । 

छोरीको जन्मदिनका अवसरमा खानपिन र पार्टीमा हुँने खर्च कटाएर विपन्न परिवारमा दिँदा स्वर्गीय आनन्द प्राप्त भएको पत्रकार दासले बताए । त्यस्तै थोरै खर्चबाट गरिब वस्तीका मानिसको मुहारमा कान्ती ल्याउँन पत्रकार दासले गरेको कर्म महान छ , माउण्टेन टेलिभिजनका कार्यकारी निर्देशक सुनिल कोईरालाले भने । 

हामीले केही अघि चिसो पिड्तिहरुको समस्याका बारेमा सामाचार सम्प्रेशण गरेका थियौं , समस्यामा थोरै मलहम लगाउँने सेतुका साथ छोरीको जन्मदिन पारेर न्यानो कपडा वितरण गरिएको वरिष्ठ पत्रकार दासले बताए ।

सो अवसरमा पत्रकार दासका पिता राजकुमार लाल दास , माता प्रेमकला दास , महेश पत्नी जुली कर्ण दास , भाउजु नीभा दास , माउण्टेन टेलिभिजनका कार्यकारी निर्देशक सुनिल कोईराला , जीतपुरसिमरा उपमहानगर वडा नं.१८ का अध्यक्ष अर्जन प्रसाद दाहाल , अरनीको सिमेन्ट प्रा.लि.का निर्देशक हरिशंकरलाल कर्ण लगायत अभी फर्मा सिटिकल पर्साका निर्देशक धिरज कर्ण , ओम् साँई क्लिीनिक बिरगजंका निर्देशक सुरज चन्द्रबंशी , सञ्चारकर्मी  विरोधचन्द्र कोईराला र श्याम गुप्ताको समेत सहभागीता थियो ।

न्यानो कपडा वितरण कार्यक्रम स्थानीय सञ्चारकर्मी पुष्पराज खतिवडाको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै