• २०८१ बैशाख २० बिहीबार

काँग्रेसले प्रदेश सभाको समानुपातिक सांसदको सूची सच्चायो, को को परे ?

kharibot

काठमाडौँ । कांग्रेसले प्रदेश सभातर्फको समानुपातिक सांसदको सूची सच्याएको छ । 

निर्वाचन आयोगले सांसदको सूची सच्याउन दिएको निर्देशनबमोजिम कांग्रेसले सूची सच्याएर आयोगलाई पत्र पठाएको हो । आयोगले १८ पुसमा कांग्रेसलाई तीनवटा प्रदेशमा पाँचवटा नाम क्लस्टरअनुरूप नमिलेको भन्दै मिलाएर पठाउन पत्र काटेको थियो । आयोगको पत्रबमोजिम क्लस्टर मिलाएर बुधबार पठाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आयोगको पत्रअनुरूप कांग्रेसले प्रदेश नम्बर १ मा सीता पौडेलको नाम हटाएर शान्ता पौडेलको नाम सिफारिस गरेको छ । प्रदेश नम्बर १ मै टेकचन्द्र विश्वासको नाम काटेर दलित महिला कोटामा कल्पनाकुमारी सरदारको नाम सिफारिस गरिएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले प्रदेश २ मा आदिवासी जनजाति क्लस्टरबाट एकजना राख्नुपर्नेमा नराखी मुस्लिम कोटामा एकजना बढी राखेर पठाएको थियो । आयोगले सच्याउन भनेपछि मुस्लिम कोटाबाट सलमा खातुनको नाम काटेर आदिवासी जनजाति कोटाकी शोभा लामाको नाम राखेको छ । प्रदेश २ मै दलित क्लस्टरबाट सिफारिस गर्नुपर्नेमा मधेसी कोटाबाट श्यामपरी देवीलाई सिफारिस गरेको थियो । त्यसलाई पनि आयोगले सच्याउन भनेपछि उनको नाम मधेसी क्लस्टरबाट हटाएर दलित क्लस्टरमा राखेर पठाइएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले प्रदेश ५ बाट एकजना अल्पसंख्यकको नाम सिफारिस गर्नुपर्नेमा नगरी पठाएको थियो । त्यसलाई सच्याउँदै खस–आर्य महिला समूहबाट सिफारिस भएकी सूर्यमती उपाध्यायको नाम हटाएर मधेसी–दलित कोटामा रहेकी शान्तिदेवी बर्मा सोनारको नाम पठाएको कांग्रेसले जनाएको छ।

प्रदेश सभा तर्फ कांग्रेसको अन्तिम सुची यस्तो भयो :

प्रदेश १ बाट १३ जना :

१.    प्रतापप्रकाश हाङमाङ
२.    विद्यानन्द चौधरी
३.    चन्द्रप्रसाद श्रेष्ठ
४.    लीला सुब्बा
५.    ज्योति सुब्बा
६.    शरदचन्द्र थापा
७.    लोकप्रसाद संग्रौला 
८.    शान्त पौडेल
९.    विन्दिया कार्की
१०.    नवोदिताकुमारी चौधरी
११.    कल्पनाकुमारी सरदार 
१२.    ओम सराबगी
१३.    अनिताकुमारी साबू

प्रदेश २ बाट ११ जना  :

१.    शिवचन्द्र चौधरी
२.    ओमप्रकाश शर्मा
३.    सरस्वती चौधरी
४.    गीताकुमारी यादव 
५.    मञ्जुकुमारी यादव
६.    असियादेवी थरुनी
७.    प्रमिलादेवी दास 
८.    श्यामपरी देवी
९.    नरेशकुमार यादव
१०.    शेखररसिद अली
११.   शोभा लामा 

प्रदेश ३ बाट १४ जना : 

१.    मिलन श्रेष्ठ
२.    राजेन्द्र गुरुङ
३.    न्हुच्छेनारायण श्रेष्ठ
४.    शान्तबहादुर प्रजा
५.    राधा घले
६.    जीवन डंगोल
७.    विजया श्रेष्ठ
८.    रजनी जोन्छे
९.    राजाराम कार्की
१०.    बलराम पौडेल
११.    भीमसेन खत्री
१२.    गीता वाग्ले
१३.    बिजुला बर्मा
१४.    कल्पना नेपाली

प्रदेश ४ बाट ९ जना :

१.    मेखलाल श्रेष्ठ
२.    ललितकला गुरुङ
३.    सरिता गुरुङ 
४.    मनकुमारी गुरुङ
५.    मणिभद्र शर्मा कँडेल
६.    ओमकला गौतम
७.    कुमार खड्का 
८.    दोबाटे विश्वकर्मा
९.    कोपिला बोहरा

प्रदेश ५ बाट १२ जना 

१.    बलदेव शर्मा पोखरेल
२.    निर्मला क्षेत्री
३.    रमा अर्याल
४.    वीरबहादुर राना
५.    भुवनेश्वर चौधरी
६.    पुष्पा थरुनी
७.    माला गोतामे सुनार
८.    रुन्धावती दुबे
९.    अर्जुनकुमार श्रेष्ठ
१०.    रिना विक
११.    शान्तिदेवी बर्मा सोनार 
१२.    याकुब अन्सारी

प्रदेश ६ बाट  ५ जना :

१.    यज्ञबहादुर बिसी
२.    हिमबहादुर शाही
३.    अमृता शाही
४.    दीनबन्धु श्रेष्ठ
५.    झोवा विक

प्रदेश ७ बाट  ८ जना 

१.    गोविन्द बोहरा
२.    देवराज पाठक
३.    दिव्यश्वरी शाह
४.    अम्बीकुमारी थापा
५.    उमा वादी
६.    श्यामला राना
७.    कुमारीनन्द बम 
८.    टेकबहादुर रैका
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै