काठमाडौ । लगातार घट्दै आएको नेप्सेमा साताको दोस्रो कारोवार दिन आज सोमबार भने हरियाली छाएको छ ।
नेप्से आज ४४ दसमलव २२ अंकले बढेर १४ सय ३४ दसमलव ८० बिन्दुमा चढेको छ । यसैगरी सेन्सिटिभ पनि नौ दसमलव दुई अंकले बढेर तीन सय एक दसमलव ३२ अंकमा चढेको छ ।
आज कुल एक सय ६३ कम्पनीहरुको पाँच हजार एक सय ६७ वटा कारोवारमा ११ लाख ३२ हजार ५८ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४९ करोड ४३ लाख १७ हजार दुई सय ११ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज सबैगरी कुल १० वटा समुहको कारोवार भएकोमा नौ वटा समुहको सुचक उच्च अंकले बढेर अन्य समुहको सुचक भने शुन्य दसमलव ८७ अंकले घटेको छ । आज सबै उच्च अंकले बीमा समुहको सचुक बढेको छ । उक्त समुहको सुचक एकै दिन दुई सय ७० दसमलव आठ अंकले बढेर सात हजार चार सय ८३ बिन्दुमा चढेकोमा १० करोड ६९ लाख ४१ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।
बाँणिज्य बैक समुहको सुचक पनि ४२ दसमलव ५२ अंकले बढेर १२ सय ३१ दसमलव ७१ बिन्दुमा चढेकोमा २१ करोड ९८ लाख ५९ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।
बिकास बैक समुहको सुचक ४५ अंकले बढेर १६ सय २४ दसमलव ६२ बिन्दुमा चढेकोमा दुई करोड आठ लाख ८५ हजार नौ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी
जलबिद्युत समुहको सुचक पनि आज ५९ दसमलव आठ अंकले बढेर १९ सय ६६ दसमलव २४ बिन्दुमा चढेकोमा तीन करोड ७१ लाख ४७ हजार छ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।
होटल, फाईनान्स, उत्पादनमुल, ट्रेडिङ र लघुबित्त समुहको सुचकमा पनि आज सुधार आएको छ ।
आज बढी कमाउने कम्पनीको सुचीमा परेको राष्ट्रिय बीमा कम्पनीको संस्थाको संस्थापक सेयरको मुल्य आठ रुपैयाँ ५४ पैसाले बढेर १३ हजार तीन सय ५० रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ ।
गुमाउने कम्पनीको सुचीमा परेको पुर्णिमा बिकास बैकको सेयर मुल्य तीन रुपैयाँ आठ पैसाले घटेर दुई सय २० रुपैयाँमा कारोवार भएको छ । रकम कारोवारका आधारमा अग्रस्थानमा परेको स्टान्र्डड चार्टड बैकको भने आज एक हजार ३३ रुपैयाँ अन्तिम मुल्यमा दुई करोड ८८ लाख ६२ हजार ६६ रुपैयाँको सेयर कारोवार भएको छ ।
यसैगरी प्रभु बैकको पनि तीन सय २५ रुपैयाँ अन्तिम मुल्यमा दुई करोड ६७ लाख ४४ हजार नौ सय ६२ रुपैयाँको सेयर कारोवार भएको छ ।