• २०८१ बैशाख १६ आइतबार

प्रियंका चोपडा बनिन् डा.प्रियंका !

kharibot

मुम्बई । बलिवुड अभिनेत्री प्रियंका चोपडा हाल मुम्बईमा छिन् । बलिवुडबाट हलिवुडको सफलतामा रमाइरहेकी प्रियंकाको क्यारियरमा थप एउटा सफलता हात लाग्ने भएको छ । 

प्रियंका चोपडालाई अब डाक्टरको डिग्रीबाट सम्मानित हुन् लागेकी छन् । भारतको बरेली विश्वविद्यालयले अभिनेत्री चोपडालाई यो डिग्री दिन लागेको भारतीय मिडि हरुले उल्लेख गरेका छन् ।

जी सिने अवार्डका लागि मुम्बई आएकी प्रियंकाले सो अवार्डका लागि ५ मिनेटको गीतमा परफरमेन्स गर्न ५ करोड लिएको समाचारले निकै चर्चा पाएको थियो । सो अवार्ड कार्यक्रममा प्रियंकालाई ग्लोबल आइकनको पुरस्कारले सम्मानित गरिएको थियो ।

सो अवार्ड कार्यक्रममा मिडियासँग कुरा गर्दै प्रियंकाले आफ्नो विवाहको लागि योग्य पुरुष अझै नभेटेको बताएकी थिइन् । प्रियंकाले त्यस्तो व्यक्ति भेटिनासाथ् आफुले विवाह गर्ने पनि उनले बताएकी थिइन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै