काठमाडौँ । हलिवुडका चर्चित अभिनेता ब्राड पिट र एन्जेलिना जोलीका फ्यानहरुलाई खुशीको खबर आएको छ । गत बर्ष यो जोडीको डिभोर्सको खबरले उनीहरुका करोडौ फ्यानहरुलाई दुखित बनाएको थियो ।
अहिले उनीहरुको डिभोर्स प्रक्रिया तत्कालका लागि अगाडी नबढ्ने भएको छ । अमेरिकाको एक साप्ताहिक म्यागजिनका अनुसार दुवैको सहमतिमा डिभोर्सको कानुनी प्रक्रियालाई होल्ड गर्ने सहमति भएको छ । म्यागजिनले पारिवारिक स्रोतलाई उदृत गर्दै दुबैले डिभोर्सको प्रक्रियालाई अगाडी बढाउन नचाहेको उलेख गरेको छ ।
दुबैका करीबीहरुका अनुसार एन्जेलिनाले पिटसँग फेरी सँगै हुने विषयमा विचार गरिरहेको बताइएको छ । डिभोर्सको मुद्धा फाइल भएपछि पिटमा आएको सुधार र बदलावले एन्जेलिनाको विचार परिवर्तन भइरहेको बताइएको छ । तर दुबैले सार्वजनिक रुपमा भने कुनै प्रतिक्रिया जनाएका छैनन ।
एन्जेलिना जोलीले केहि समय अघि पति पिटसँगको डिभोर्सको निर्णय पछि उनि हाइपरटेन्सनबाट पिडित भएको खुलासा गरेकी थिइन् ।