• २०८१ बैशाख १४ शुक्रबार

एक मिनेटको एक करोड लिदै प्रियंका !

kharibot

मुम्बई । बलिवुडबाट हलिवुडमा जमिरहेकी अभिनेत्री प्रियंका चोपडाले एक अवार्ड शोमा परफरमेन्स गर्नका लागि एक मिनेटको लागि एक करोड पारिश्रमिक लिएकी छन् ।

बलिवुडको चर्चित अवार्ड शो जीसिने अवार्डका लागि प्रियंकाले ५ मिनेटको एक गीतमा गर्ने नृत्यका लागि ५ करोड भारतीय रुपैया पारिश्रमिक लिएको भारतीय मिडिया डिएनएले उल्लेख गरेको छ । 

सो अवार्ड समरोहमा प्रियंकाका अलवा कट्रिना कैफ, शाहिद कपुर, रणवीर सिंहलगायतले परफरमेन्स गर्ने भएका छन् । कट्रिनाले आफ्नो नयाँ फिल्म ‘टाइगर जीन्दा है’ का चर्चित गीतहरुमा परफरमेन्स गर्ने बताइएको छ । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै