• २०८१ बैशाख १५ शनिबार

समानुपातिकतर्फको मतपरिणाम : एमालेको अग्रता कायमै, काँग्रेसले कटायो २४ लाख मत  

kharibot

काठमाडौं । प्रत्यक्ष तर्फको निर्वाचन सकिएका निर्वाचन क्षेत्रहरुमा समानुपातिकतर्फको मतगणना भइरहेको छ । 

हाल भइरहेको मतणनाको प्रारम्भिक नतिजा अनुसार एमाले र काँग्रेसबीच प्रतिष्पर्धा देखिएको छ भने माओवादी तेस्रो स्थानमा रहेको छ । पछिल्लो मत परिणाम अनुसार एमाले अगाडी रहेको छ । एमालेले २५ लाख र काँग्रेसले २४ लाख मत कटाएका छन् । त्यस्तै फोरमले पनि ३ लाख मत कटाएको छ । राजपा पनि थ्रेस होलको नजिक पुगेको छ भने राप्रपा र विवेकशील थ्रेस होल्ड कटाउन संघर्षरत देखिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । माओवादी केन्द्रले पनि १० लाख मत कटाएको छ ।  त्यस्तै फोरम चौथो स्थानमा रहेको छ भने राजापा पाचौ, राप्रपा छैठौ स्थानमा रहेको छ । त्यस्तै विवेकशील सातौ र नयाँ शक्ति आठौ स्थानमा रहेको छ ।  त्यस्तै राप्रपा-प्रजातान्त्रिक नवौ र जनमोर्चा दशौ स्थानमा रहेका छन् ।

विहिबार बिहान ६ बजेसम्मको समानुपातिकतर्फ खसेको मत यस्तो छ-
 

१. नेकपा एमाले- २५४०७६४             
२. नेपाली कांग्रेस- २४५४३४९                   
३. माओवादी केन्द्र – १०३४३०                    
४. फोरम – ३४४१३३              
५. राजपा – २८४१३२                  
६. राप्रपा – १६७३८७                 
७. विवेकशील –१६६९०७          
८. नयाँ शक्ति – ६६८८१               
९. राप्रपा प्रजातान्त्रिक – ६१७८१            
१०. जनमोर्चा – ४०४४१                   


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै