• २०८१ बैशाख १६ आइतबार

समानुपातिकमा साँझसम्म २२ लाख मतसहित एमाले पहिलो, कांग्रेस पछ्याउँदै 

kharibot

काठमाडौं । गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फका सबै सिटहरुको नतिजा आइसके पनि समानुपातिकतर्फको नतिजा आउने क्रम भने अझै जारी रहेको छ । पछिल्लो मतपरिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी एमालेले २२ लाख र दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २१ लाख मत पाइसकेका छन् । 

बेलुका ५ बजेसम्मको नतिजाअनुसार एमाले पहिलो स्थानमा, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा रहेका छन् । एमाले र कांग्रेसले २० लाखभन्दा धेरै मत पाइसके पनि तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले अहिलेसम्म १० लाख मत पनि कटाउनसकेको छैन ।

त्यसैगरी चौँथो स्थानमा संघीय फोरम, पाँचौँ स्थानमा राष्ट्रिय जनता पार्टी, छैटौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी, साताँै स्थानमा विवेकशील साझा, आठाँैमा नयाँ शक्ति, नवौँमा राप्रपा (प्रजातान्त्रिक) र दशौँमा राष्ट्रिय जनमोर्चा रहेको छ । 

यी हुन् समानुपातिकतर्फका १० उत्कृष्ट मत ल्याउने पार्टी 

  • नेकपा एमाले २२,४४,४७७
  • नेपाली कांग्रेस २१,५५,३६६
  • माओवादी केन्द्र ८८५४०९
  • संघीय फोरम २९०३३७ 
  • राजपा नेपाल २३२१७३
  • राप्रपा १४८८५२
  • विवेकशील साझा १४६०७७ 
  • नयाँ शक्ति ६२१९३
  • राप्रपा प्रजातान्त्रिक ५१२९३ 
  • राष्ट्रि जनमोर्चा ३७६९७ 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै